मैच्याङको बोलि क्या राम्रो बोलको गीतको अडियो सार्वजानिक

ByNASKHABAR

२४ असार २०८१, आईतवार ०१:२६ २४ असार २०८१, आईतवार ०१:२६ २४ असार २०८१, आईतवार ०१:२६

करिब १ दर्जन गीतमा आवाज दिईसकेका प्रबिन्स् मोक्तानको “मैच्याङको बोलि क्या राम्रो” बोलको गीतको अडियो सार्वजानिक भएको छ । काठमाडौं पहेंलोपुल (भत्केकोपुल) स्थित वर्गर हाउसमा एक समारोह बिच गीतको बिमोचन गरिएको हो ।
आदिबासी जनजाती महासंघ युएई तथा तामाङ समाज युएईका पुर्व अध्यक्ष महेश मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम यसै गीतका संगीतकार जि.बि.लामाले सन्चालन गरेका थिए ।

पुर्वेली अर्जुनको शब्द, जि.बि.लामाको संगीत रहेको यो गीतमा गायक प्रबिन्स् मोक्तान र गायीका सुमिना लो ले स्वर दिएका छन् । शुक्र लामाको एरेन्ज रहेको यो गीत दिपेश प्रधानले मिक्सिङ गरेका हुन् भने ल्हासो म्युजिक स्टुडियोमा रेकर्ड गरिएको हो